दफा २७
केन्द्रीय अधिकारीले आवश्यक अध्ययन र जाँचबुझ गर्नु पर्ने
(१) दफा २६ बमोजिम पारस्परिक कानूनी सहायताको लागि अनुरोध, विवरण, कागजात र प्रमाण प्राप्त भएमा केन्द्रीय अधिकारीले सो उपर आवश्यक अध्ययन र जाँचबुझ गरी पारस्परिक कानूनी सहायता प्रदान गर्ने कारबाही अघि बढाउने वा नबढाउने सम्बन्धमा पन्ध्र दिनभित्र निर्णय गर्नु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम अध्ययन र जाँचबुझ गर्दा अनुरोध साथ प्राप्त विवरण, कागजात र प्रमाणको आधारमा पारस्परिक कानूनी सहायता सम्बन्धी कारबाही अघि बढाउन पर्याप्त नदेखिएमा केन्द्रीय अधिकारीले थप विवरण, कागजात तथा प्रमाण पेश गर्नको लागि कूटनैतिक माध्यम मार्फत विदेशी राज्यलाई लेखी पठाउन सक्नेछ ।
(३) उपदफा (१) बमोजिम पारस्परिक कानूनी सहायता सम्बन्धी कारबाही अघि बढाउने निर्णय भएमा केन्द्रीय अधिकारीले पारस्परिक कानूनी सहायता उपलब्ध गराउने प्रयोजनको लागि अनुसन्धानसँग सम्बन्धित पारस्परिक कानूनी सहायता माग गरिएको भए अनुसन्धान गर्ने निकायलाई र सो बाहेक अन्य पारस्परिक कानूनी सहायता माग गरिएको भए सम्बन्धित जिल्ला अदालतमा निवेदन दिन सम्बन्धित जिल्ला सरकारी वकीललाई आदेश दिनु पर्नेछ ।